वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित सरोवर होटलको दश तल्ले भवामा रहेको रेस्टुरेन्टमा एक ग्राहक डिनर गर्ने क्रममा प्लेटमा किराफट्याङ्ग्रा फेला परेको भिडियोसमेत सार्वजनिक भएको छ ा
बीरगंज महानगरपालिका आर्दशनगर बस्ने आकाश सिकारीया सँगै रहेका उनका सार्थीहरुले चिकेन परिकार अर्डर गरेपछि खाना र प्लेट सँगै ल्याइएको थियो ा प्लेटमा किराफट्याङ्ग्रा देखिएपछि उनीहरुले खाना नखाई फर्किएको छन्। तारे होटलको प्लेटमा किराहरु फेला पर्नुे कतिको सरसफाई रहेको उतm घटनाले स्पष्ट देखिएको छ ा मानवको स्वास्थ्य सँग खेलवाड गर्ने रेष्टुरेन्ट माथी स्थानिय प्रशासनले कारवाही गर्नु पर्ने उनीहरुको भनाई रहेको छ ा उतm घटनाबारे आकाश सिकारियाले
रेस्टुरेन्टका कर्मचारीसँग जिज्ञासा राख्दा वर्षाका कारण किराफट्याङ्ग्रा आउन सक्ने भन्दै प्लेट सफा गरिदिने वा खाना प्याक गरेर दिने गैर जिम्मेवारी पुर्वक जवाफ फर्काएको सिकारियाको भनाई रहेको छ ा
घटनापछि ग्राहकले होटल तथा रेस्टुरेन्टमा खाद्य सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी पालना हुनुपर्नेमा जोड दिएका छन्। विशेषगरी महँगा तथा स्तरीय सेवाको दाबी गर्ने होटलहरूमा समेत यस्ता घटना सार्वजनिक हुनुले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ।
उपभोक्ताहरूले होटल तथा रेस्टुरेन्टमा सरसफाइ, खाद्य गुणस्तर र स्वास्थ्य मापदण्डको नियमित निरीक्षण आवश्यक रहेको बताएका छन्। बीगंजको सरोवर होटल लगायत तारे होटलहरुमा स्थानिय प्रशासनले अनृगमन गर्नृ पर्ने देखिएको छ ा