प्रहरीले लागूऔषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–४ बुद्धनगरस्थित सडकखण्डमा भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया निवासी २२ वर्षीय रुपेश कुमार राय रहेका छन्। प्रहरीका अनुसार उनी सवार बीआर–२२ आर–७१७८ नम्बरको मोटरसाइकल जाँच गर्दा करिब ४ किलो ४५० ग्राम लागूऔषध गाँजा सहित भारतिय नागरिक रुपेश कुमार पक्राउ भएको पर्सा प्रहरीले जनएको छ ा बरामद भएको छ। प्रहरीले लागूऔषध, मोटरसाइकल सहित पक्राउ परेका रुपेशलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच, वर्षायामको सुरुवातसँगै वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा पानी निकासको समस्या देखिन थालेपछि महानगरपालिकाले डुबान न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरेको छ। वर्षाका कारण नाला जाम भई सडक तथा बस्तीमा पानी जम्न थालेपछि महानगरले प्राविधिक तथा सरसफाइ टोली परिचालन गरी नाला सफाइ, अवरोध हटाउने र पानीको सहज निकासको व्यवस्था मिलाउने कार्यलाई तीव्रता दिएको जनाएको छ।
महानगरपालिकाले सम्भावित डुबान प्रभावित क्षेत्रको नियमित अनुगमन गर्दै वर्षायामभर पानी निकास व्यवस्थापनलाई प्राथमिकतामा राखी आवश्यक पूर्वतयारीलाई निरन्तरता दिने जनाएको छ।