बिरगञ्जस्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ बिरगञ्ज नवदीप एकेडेमीका नवगठित २५ जना सदस्यहरूको स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ। क्लबकी चार्टर अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै समाज सेवाका विविध क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका डिष्ट्रिक्ट गभर्नर–इलेक्ट ९म्न्भ्० एमजेएफ लायन राम बिहारी पाण्डेले लायन्स क्लब मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय सहभागिता जनाउन सदस्यहरूलाई आग्रह गरे। उनले नयाँ सदस्यहरूको उत्साह, सक्रियता र समर्पणले क्लबलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूबीच परिचय आदानप्रदानका साथै आगामी कार्ययोजना, सामाजिक उत्तरदायित्व, सेवामूलक अभियान तथा संस्थागत विकासका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।