बाराको फेटा गाउँपालिका–१ भरवलियामा तातो तेलले पोलेर एक बालिका घाइते भएकी छन्।
आइतबार साँझ करिब ७स्३० बजे स्थानीय कृष्ण मुखियाकी तीन वर्षीया छोरी दिव्यान्सी कुमारी मुखिया आफ्नै घरमा खेल्ने क्रममा खाना पकाउन तताइएको तेल रहेको कराईमा ठोक्किँदा दाहिने हातमा तातो तेल खस्न गई घाइते भएकी हुन्।
घटनामा उनको दाहिने हातको करिब ८ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घाइते बालिकाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज ९एनएमसी० अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक हवल्दार रामबाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलतर्फ गएका छन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।