बारा प्रहरीले बिल तथा भन्सारसम्बन्धी आवश्यक कागजात नभएका विभिन्न अवैध सामान नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित चेकजाँचका क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।२–०३–००१ ख २६५७ नम्बरको यात्रुबाहक बस रोकी जाँच गरेको थियो।
जाँचका क्रममा बसको डिक्कीमा लुकाई राखिएको बिल तथा भन्सारसम्बन्धी कागजात नभएको पानीपुरी, कुर्ती सुरुवाल, चकलेट तथा भ्ीँद्यब्च् च्बथब म्घ एचय ९भेप० ११५ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामानको अनुमानित मूल्य रु। २ लाख २३ हजार ४ सय ५० रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सामानलाई आवश्यक कारबाहीका लागि असार ३० गते वीरगञ्ज भन्सार कार्यालय, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।