अविरल वर्षाका कारण बाराको कलैया उपमहानगरपालिका–१९ इनर्वा टोलमा एक फुसको घर भत्किएको छ।
मंगलबार बिहान करिब ३ बजे स्थानीय राजेन्द्र साहको बाँस र परालको छानो भएको फुसको घर लगातार परेको वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट गंगापुरबाट प्रहरी सहायक निरीक्षक कपिल कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गरेको थियो।
प्रहरीका अनुसार उक्त घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। घर भत्किँदा करिब ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।