जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
जिल्ला अदालत पर्साको मुद्दा नं। ०७९(ऋ१(०४८१ को फैसलाअनुसार ७ वर्ष कैद तथा ३ लाख ३७ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका पर्सा वीरगञ्ज महानगरपालिका–९ निवासी रोहण केशरीलाई सोमबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको पत्राचारका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट नजिक गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका केशरीलाई आवश्यक कानुनी कारबाही तथा फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।