सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण मुख्यालय पर्साले विशेष सूचनाका आधारमा वीरगञ्जमा छापामारी गरी भन्सार छलीका अवैध सामान तथा भारततर्फ लैजान लागिएको स्याउ बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोलस्थित उषा अधिकारीको तीनतले पक्की घरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान भण्डारण गरिएको भन्ने सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार बिहान छापामारी गरेको थियो।
घरका ११ वटा कोठामा गरिएको खानतलासीका क्रममा २ हजार ८४८ मिटर टेबल पोस ९टेन्ट टेबलका लागि प्रयोग हुने कटन कपडा०, १३ थान रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
यसैबीच, मंगलबार राति वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको मोबाइल टोलीले भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको ३३ कार्टुन ९६२० केजी० स्याउ बरामद गरेको छ। बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५०० रुपैयाँ रहेको बताइएको छ।
बरामद स्याउसमेत आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।