बाराको करैयामाई गाउँपालिका–३ मा इट्टा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ५ बजे गौतम इट्टा उद्योगले माटो निकाल्नका लागि खनेको पानी जमेको खाल्डोमा स्थानीय शिवनरायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरी डुबेको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएकी रोशनी उक्त खाल्डोमा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक प्रविन मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोलीले टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ा