बैंकिङ कसुर मुद्दामा अदालतबाट तीन दिन कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१४ निवासी २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–१२ श्रीपुरबाट पक्राउ गरिएको हो।
पक्राउ परेका पटेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई तीव्र बनाएको जनाएको छ। प्रहरीले यस्ता प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहने पनि जनाएको छ।