पर्साको पर्यटकीय क्षेत्र ठोरीमा लामो समयदेखि अनैतिक गतिविधि भइरहेको भन्दै स्थानीय बासिन्दाले पटक–पटक प्रशासनलाई जानकारी गराए पनि प्रभावकारी कारबाही नभएको गुनासोका बीच गृहमन्त्री सुदन गुरुङकै सक्रियतामा दुई होटलमा छापामारी गरिएको छ।
भारतसँग सीमा जोडिएको पर्यटकीय गन्तव्य ठोरीमा हरेक वर्ष ठूलो संख्यामा भारतीय पर्यटक आउने गर्छन्। स्थानीयवासीका अनुसार केही होटल तथा दोहोरी साँझमा लामो समयदेखि अनैतिक गतिविधि हुने गरेको विषयमा प्रहरी र प्रशासनलाई बारम्बार जानकारी गराइए पनि पर्याप्त ध्यान दिइएको थिएन।
स्थानीयका अनुसार तत्कालीन पर्साका प्रहरी प्रमुख को नेतृत्वमा गरिएको छापामारीका क्रममा केही महिला र पुरुषलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि केही समय यस्ता गतिविधिमा कमी आए पनि पछिल्ला वर्षहरूमा पुनः सञ्चालन हुन थालेको स्थानीयको आरोप छ।
यसैबीच चितवनतर्फ जाने क्रममा गृहमन्त्री गुरुङको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजारमा स्थानीयसँग भेट भएको थियो। भेटका क्रममा स्थानीयले होटल तथा दोहोरी साँझमा भइरहेको भनिएको अनैतिक गतिविधिबारे गुनासो गरेका थिए। त्यसलगत्तै गृहमन्त्री गुरुङ सुरक्षाकर्मीसहित ठोरी बजारस्थित ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटल मा पुगेका थिए।
स्रोतका अनुसार छापामारीका क्रममा होटल सञ्चालक, कर्मचारी तथा पाहुनासहित ९ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ठोरीमा लगिएको थियो। नियन्त्रणमा परेकामध्ये ७ जना युवती र २ जना होटल सञ्चालक रहेको बताइएको छ।
छापामा सशस्त्र प्रहरी बल नं। १३ गण पर्सा, बोर्डर आउट पोस्ट ९बीओपी० ठोरी तथा नेपाल प्रहरीको संयुक्त टोली सहभागी भएको थियो। गृहमन्त्री गुरुङ स्वयं प्रहरी टोलीसहित होटलमा पुगेर छापामारीमा संलग्न भएका थिए।
स्रोतका अनुसार छापामारीअघि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक ९एसपी० सुदीप पाठक र प्रमुख जिल्ला अधिकारी ९सीडीओ० भोला दाहाललाई जानकारी थिएन। छापामारी सम्पन्न भएपछि मात्रै गृहमन्त्रीले दुवै अधिकारीलाई घटनास्थलमा बोलाएका थिए।
घटनापछि स्थानीय बासिन्दाले पर्यटकीय क्षेत्रको छवि जोगाउन नियमित अनुगमन, गैरकानुनी गतिविधिको नियन्त्रण तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। उक्त घटना बिहीवार रातीको करिब ८ बजेको हो ा