नेपाली कांग्रेश क्षेत्र नम्बर २ पर्साका सभापति मोहम्मद शाहबुद्दिनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ा बीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयामा बुधवार दुई समुदायबीच भएको झडपको घटनमा मोहम्मद शाहबुद्दिन संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक पवन भटराईले पुष्टि गर्नुभयो ा पटक पटक सम्प्रादायिक दंगामा प्रत्यक्ष वा अप्रत्यक्ष हात रहेका मोहम्मद शाहबुद्दिन यसपटक नियन्त्रणमा लिई अनुसन्धान थालेको ति प्रहरी अधिकृतको भनाई रहेको छ ा बृधवार बिहान झण्डाको बिषय लिएर दुई समुहबीच झपडमा मोहम्मद शाहबुद्दिनको संलग्नता रहेको आरोपमा पक्राउ गरिएको बुझनमा आएको छ ा छपकैयाको टावर लाइटको पोलमा पहिलेदेखि राखिएको हनुमान जयन्तीको धार्मिक पताकाको छेउमा अर्को झण्डा राख्ने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद समाधानका लागि वीरगन्ज महानगरपालिकाको टोली घटनास्थल पुगेर दुवै पक्षबीच सहमति गराएर उक्त पोलमा नेपालको राष्ट्रिय झण्डा राख्ने सहमती भएको थियो ा महानगरपालिकाको टोली फर्किएपछि राष्ट्रिय झण्डा हटाउने तथा धार्मिक पताका हटाउने विषयमा पुनः विवाद बढेपछि दुई पक्षबीच झडप भएको थियो। शाहबुद्दीनले आफ्नै घरबाट ढुंगामुढा गरेको देखिने भिडियोसमेत विभिन्न सामाजिक सञ्जालमा भाईरल भएको छ। उक्त भिडियोको आधिकारिकता र घटनासँगको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। झडपमा ६ जना सर्वसाधारण नागरिक तथा प्रहरी समेत घाईते भएका छन् ा गत वर्ष पनि मोहम्मद शाहबुद्दिनको नेतृत्वमा निस्कीएको रयालीले बीरगंजको आर्दशनगरमा तोकिएको मार्ग बिपरीत आर्दशनगर रंगशाला तर्फ जबरजस्ती लाने खोज्दा प्रहरीले उतm गाडी रोक्न प्रयास गर्दा पनि शाहबुद्दिनको इशारामा बलपुर्वक प्रहरीलाई धकाल्दै गाडी रंगशाला तर्फ लगिएको भिडीओ सार्वजनिक भएको हो ा तत्कालिन गृहमन्त्री रमेश लेखकले उतm घटनाबाट मोहम्मद शाहबुद्दिनलाई प्रहरीबाट जोगीएका थिए ा पर्सा प्रहरी उपरिक्षक पवन भटराईले मोहम्मद शाहबुद्दिनलाई कुन कानुन तथा मुद्दाअन्तर्गत नियन्त्रणमा लिइएको हो जानकारी गराएको छैन् ा