बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहिवार गते राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१४ का ३३ वर्षीय सुजित पाण्डे घाइते भएका थिए। दुर्घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेश कुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घाइते पाण्डेलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो। अस्पतालमा चिकित्सकले राति १०ः५० बजे पाण्डेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव बयोधा अस्पतालमा राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।