बाराको निजगढ नगरपालिका–१३ पेचिटोलमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्।
शनिबार साँझ करिब ५ बजेको समयमा पानीसँगै परेको चट्याङ लाग्दा स्थानीय विशाल गोलेकी श्रीमती करिब ३५ वर्षीया निर्मला गोले घाइते भएकी हूंन
प्रहरीका अनुसार घाइते निर्मलाको दाहिने हात र खुट्टा नचल्ने अवस्था रहेको छ भने उनी बोल्न सक्ने अवस्थामा रहेकी छन्। उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेको उपचारमा आफन्त लक्ष्मी लामा संलग्न रहेको प्रहरीले जनाएको छ।चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि प्रहरी चौकी रतनपुर बाराबाट प्रहरी सहायक निरीक्षक अमरेन्द्रकुमार मण्डलको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।