बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हरिखेतान क्याम्पसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।
क्याम्पसले शैक्षिक क्षेत्रको तर्फबाट बाढी तथा पहिरोपीडित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
क्याम्पस व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानका अनुसार व्यवस्थापन समितिका अध्यक्ष डा। रामअवतार खेतान, उपाध्यक्ष सुरेशप्रसाद रुंगटा, क्याम्पस प्रमुख किशोरी राईलगायत व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थितिमा क्याम्पसको तर्फबाट ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
विपद्को कठिन अवस्थामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पसले उक्त रकम सहयोग गरेको जनाएको छ।