वीरगञ्ज । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि पर्साका ४० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि आफन्त तथा परिवारको सम्पर्कमा आउन नसकेको प्रशासन कार्यालयले जनाएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले खोज तथा उद्धारसम्बन्धी सूचना जारी गर्दै सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ। साथै, उनीहरूको खोज तथा उद्धारका लागि नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरेको छ।
प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा सफीक राज मियाँ, साह अब्दीन मंसुरी, सतीश मियाँ, समीर मियाँ, राहुल मियाँ, उमेश प्रसाद, वीरेश किशोर कुमार, राम कुमार, कुमार विनय, कुमार साह, सञ्जय साह, सोना, सुजत मियाँ, सागर कुर्मी, सुलिन महर्जन डङ्गोल, रिज्वान अन्सारी, आरम्भ चौरसिया, अलोक चौरसिया, लक्की पटेल, आवाज हवारी, नरेश राई, नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उपेश डङ्गोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल पोदा अन्सारी, सुभास पटेल, ज्ञानबहादुर खत्री, श्यामलाल मोक्तान, सामीन देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बरसोला, गणेश श्याम बरसोला, दिनेश परियार, पृथ्वी चौधरी, ओमिर अन्सारी र सरून कुमार यादव रहेका छन्।
प्रशासनले सार्वजनिक गरेको सूचीअनुसार ज्ञानबहादुर खत्री र श्यामलाल मोक्तान भने हाल सम्पर्कमा आएका छन्। अन्य व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको प्रशासनले जनाएको छ।
सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।