बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ढुंगेपुल नजिक तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना आज दिउँसो भएको हो।
दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–१४ का ४६ वर्षीय रञ्जन शर्मा घाइते भएका थिए। उनको एलएनयूएच अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडकमा बा।प्र।०३–००८ प ३५३०, ग।१४ प २४१ र ग।१६ प ८७१ नम्बरका तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा तीनवटै मोटरसाइकलका चालक घाइते भएका थिए।
घाइते शर्माको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य दुई मोटरसाइकलका चालकको एलएनयूएच अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे खुलिनसकेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।