वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३१ बेलुवामा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन्।
बेलुवामा बाघ देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राति करिब साढे १० बजे माइकिङ गर्दै स्थानीयवासीलाई सचेत गराएको छ। टोलीले स्थानीयलाई घरभित्रै सुरक्षित रूपमा बस्न तथा आवश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको हो।
बस्ती क्षेत्रमा बाघ देखिएपछि बेलुवावासीमा त्रास फैलिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले बाघको गतिविधिमाथि निगरानी बढाउँदै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।