मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्सा प्रहरीले एक जनालाई १९ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४ का अयुब मियाँ अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर मल्लका अनुसार अन्सारीमाथि एक महिलालाई भारत हुँदै कतार पुर्याई त्यहाँबाट साउदी अरबमा बिक्री गर्न सहयोग गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार २०६३ साल चैत १५ गते रोजगारीका लागि वीरगञ्ज महानगरपालिका–३ बाट भारत हुँदै कतार पुर्याइएकी एक महिलालाई पछि साउदी अरब लगेर बिक्री गरेको भन्दै अन्सारीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।
उक्त घटनापछि फरार रहेका अन्सारीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको हो। पक्राउ परेका अन्सारीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।