नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् वीरगञ्ज शाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा सात महिलासहित २३ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम परिषद्का अध्यक्ष योगेश यादवको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजु कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा परिषद्का पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदान जीवनदान भएकाले आवश्यकतामा रहेका बिरामीका लागि नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रमले सामाजिक तथा मानवीय सेवामा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।