बीरगंज आर्दशनगर स्थित रहेको त्रिशला रेष्टुरेन्टका सञ्चालक एवम् उधोगपति अनिल छपोलियाका सुपुत्र अनमोल साह भनिने छपोलियालाई पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक चक्र मल्लले बताउनु भयो ा आपराधिक बिश्वासघात तथा ठगी सम्बन्धी मुद्दामा पक्राउ परेका अनमोल साह उर्फ छपोलियालाई पर्सा जिल्ला अदालतले ५० हजार रुपैया धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ा बीरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने अर्लाे निवासी ४५ वर्षीय सुनिता देवीले अनमोल साह बिरुद्ध आपराधिक बिश्वासघात तथा ठगी सम्बन्धी मुद्दा दर्ता गराएकी थिईन् ा अनमोलले अदालतमा धरौटी बुझाएर फर्किदा उनलाई अदालतको परिसरबाट अर्काे मुद्दामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक चक्र मल्लले भन्नु भयो , पर्सा जिल्ला अदालतबाट पहिला देखी नै अनमोल साहलाई पक्राउ पुर्जी जारी गरेको देखिन्छ , हामीले अदालतको फैसलालाई कार्यन्वन गरेको प्रहरी नायब उपरिक्षक मल्लले भन्नु भयो ा पक्राउ परेका अनमोल साहलाई अनुसन्धान गर्नका लागी प्रहरीले पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको छ ा अनमोल साहले बीरगंज महानगरपालिका वडा नम्बर १७ अर्लाे बस्ने अन्दाजी ४९ वर्षीय पन्नालाल साह कानु सँग ठगी गरेको बुझनमा आएको हो ा पिडीत पन्नालाल साह कानुले बताए अनुसार बिगत ७ वर्ष अगाडी बहुअर्वाभटा गाविस वडा नम्बर ९ स्थित रहेको शिवलोक खाद्द उधोग राईस मिलबाट अनमोल साहले १ करोड ६७ लाख रुपैया ठगी गरेको हुनाले पर्सा जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो ा पर्सा जिल्ला अदालतले अनुचित लेनदेन आपराधिक बिश्वासधात तथा ठगी सम्बन्धी मद्दा बीरगंज अर्लाे बस्ने पन्नलाल साह कानुले मुद्दा दायर गरेका हुन् ा अदालतबाट आफुले न्याय पाउने बिश्वास राख्दै पन्नालाल साह कानु भने अनमोल साहका बुवा अनिल छपोलियाले अदालत परिसर भित्र आफुलाई गालीग्लौज गरेका उनलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ा भारत बिहार रामनगर निवासी हाल बीरगंज आर्दशनगर बस्दै आएका उधोगपति अनिल छपोलियाका सुपुत्र अनमोल छपोलिया नभएर साह थरको कसरी भए सर्बत्र मारवाडी समाजमा निकै चर्चाको बिषय बनेको छ ा अनिल छपोलियाका छोरा अनमोल हो हामी सबैलाई अवगत भएको कुरा हो, बीरगंजका एक मारवाडी समुदायका ब्यतिmले भने ा अनमोलको नेपाली नागरितामां बुवाको नाउँ अनिल साह रहेको स्पष्ट देखिएको छ ा बुवा, छोरा मारवाडी थरबाट मधेशी कसरी भए अचम्म लागेको र उनकै समाजमा चर्चाको बिषय भएको छ ा झुठो बिवरण पेश गरेर अनमोलले नेपाली नागरिता लिएको आरोप लागेपनि उक्त आरोप प्रमाणित भएको अवस्था छैन् ा स्थानिय प्रशासनले अनमोल साह उर्फ छपोलिया भनिने ब्यतिmको नागरिता माथी छानबीन गर्नुपर्ने हो ा