वीरगन्ज महानगरपालिका–१६ स्थित आदर्श टोल सुधार समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई महिलासहित २७ जनाले रक्तदान गरेका छन्।
आदर्श टोल सुधार समाजका अध्यक्ष प्रकाश सिंह ठाकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिका–१६ का वडा अध्यक्ष पुरुषोत्तम चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
रक्तदान गर्नेहरुमा श्यामसुन्दर गुप्ता, अनिलकुमार राउतियर, रुस्तम अली, बलिराम यादव, रोशन सर्राफ, महेशकुमार मण्डल, अरुण यादव, कौशल पटेललगायत रहेका छन् ा
प्राकृतिक विपद्का बेला बाढीपहिरो प्रभावित तथा अन्य आकस्मिक अवस्थाका बिरामीका लागि आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक आदर्श टोल सुधार समाजले जनाएको छ।
समाजका अनुसार आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन तथा विपद्का समयमा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। समाजले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।