बीरगंज महानगरपालिका वडा नम्बर १३ रामगढवा स्थित रहेको ज्ञानदा एकेडेमीले ८० लाख भन्दा बढी राजस्व तिर्नु पर्ने देखिएको छ ा बीरगंज महानगरपालिकामा भौतिक संरचना निर्माण गरेको ज्ञानदा एकेडेमीले घर जग्गाको राजस्वको कर हाल सम्म दाखिला नगरेको महानगरपालिकाका एक अधिकृतले भने, अर्बाे रुपैयाको लागतमा भौतिक संरचना निर्माण गरेको ज्ञानदा एकेडेमीको नाउँमा पटक पटक मौखिक तथा पत्र काटेर राजस्व कर दाखिला गर्नका लागी जानकारी गराउंदा पनि कुनै सुनवाई नभएको ति अधिकृतको भनाई रहेको छ ा ज्ञानदा एकेडेमीले भौतिक संरचना निर्माण गर्दा स्थानिय तहको कुनै नियम लागु नगरेको ति अधिकृतको दाबी रहेको छ ा स्थानिय तहको २०७४ दफा २७ मा स्पष्ट लेखिएको छ ,बजार क्षेत्रमा घर निर्माण गर्दा नक्शा पास गरेर मात्र भौतिक संरचना निर्माण गर्नु नियम रहेपनि ज्ञानदा एकेडेमीले घर जग्गा निर्माण भएको सात वर्षपछि मात्र नक्शा पासको प्रक्रियाको लागी महानगरपालिकामा निवेदन दिइएको ति अधिकृतलेको दाबी रहेको छ ा बिना नक्शा र स्थानिय तहको कर राजस्व दाखिला नगर्दा पनि महानगरपालिकाले हाल सम्म ज्ञानदा एकेडेमीलाई कारवाही नगर्नुको कारण के हो ? नेपालीमा प्रख्यात उखान छ , सानालाई ऐन ठुलालाई चैन भने जस्तै बीरगंज महानगरपालिकाले ज्ञानदा एकेडेमीलाई हाल सम्म उन्मुतिm दिइएको छ ा यस सम्बन्धमा ज्ञानदा एकेडेमीका सञ्चालक सन्दिप तुलस्यान सँग बुझन खोज्दा घर जग्गाबहालको कर बाकी रहेको स्वीकार गर्नुभयो ा उक्त एकेडेमी सञ्चालन गर्नका लागी मैले जग्गा खरीद गर्दा त्यसबेला बीरगंज महानगरपालिका थिएन् ा पर्सा जिल्लाको गाविसमा गाभिएको थियो ा तत्तकालिन स्थानिय तहको नियम अनुसार हामीले बीरगंज महानगरपालिकामा राजस्व कर दाखिला गर्न सहमत छौ ा तत्तकालिन बीरगंज महानगरपाकिलाका मेयर बिजय सरावगीले शिक्षा र स्वास्थ्यमा ५० प्रतिशत करमा छुट दिईने भन्दै बोर्डबाट स्वीकृत गराउनु भएको थियो सन्दिप तुलस्यानले भन्नु भयो, त्यो छुट पाउनु पर्ने हो ा महानगरपालिकाले ८० लाख राजस्व कर तिर्नुपर्ने देखाएपनि म अहिले कुनै हालतमा कर नतिर्ने प्रतिक्रिया दिनुभयो ा बरु सक्छ भने महानगरपालिकाले ज्ञानदा एकेडेमीलाई कारवाही गरोस हामी न्यायपालिकामा जान्छौ ८० लाख कर दाखिला नगर्ने र नक्शा पास भएको सन्दिप तुलस्यानको भनाई रहेको छ ा ज्ञानदा एकेडेमीमा हजारौ बिधार्थीहरु अध्यनरत रहेका छन् ा बिगतमा महानगरपालिका भित्र रहेको घर जग्गाहरु नक्शा पास नगरेका घर टहराहरुलाई बीरगंज महानगरपालिकाले कारवाही गरेको घटनाहरु सार्वजनिक भएका पनि छन् ा यस सम्बन्धमा बीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत सँग बुझन खोज्दा सम्र्पक हुन सकेनन् ा