बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित रहेको होटल क्र्लाकमा रहेको गोल्डेन फिगंर गेमिड जोन प्रालि लिमिटेड क्यासिनोमा नेपालीहरु जुवा तास खेलीरहेको बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले छापामारी गर्दा ईलाका प्रहर िकार्यालय पोखरीयाका प्रहरी निरीक्षक सहित ८ जना पक्राउ परेका छन् ा बीरगंजको क्यासिनोमा नेपालीहरुलाई सहज तरिकाले प्रवेश पाउने गरेको पर्साका प्रहरुी उपरिक्षक पवन भटराईलाई गुनासो गरेपछि पर्सा प्रहरीले क्यासिनोमा निगरानी बढाएको थियो ा शनिवार राति ११ बजे पर्सा प्रहरी उपरिक्षक पवन भटराइलाई होटल क्र्लाकमा रहेको क्यासिनोमा नेपालीहरु प्रवेश गरेको सुचना पाएपछि प्रहरीले छापामारी गरेको थियो ा प्रहरीले छपामारी गर्दा जुवातास खेल्नेहरुमा भागदौड मच्चिएको थियो ा पक्राउ पर्नेहरुमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, बीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने ओम प्रकाश बैठा , स्याड्जा हरिनास गाउँपालिका वडा नम्बर ७ बस्ने ३६ वर्षीय प्रदिप पौडेल, सखुवापर्साेनी बस्ने चन्दन सहनी , बीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने बिजय कुमार पटेल, बीरगंज वडा नम्बर २५ बस्ने दिनेश कुमार पटेल, महोतरी पिपरा गाउँपालिका वडा नम्बर ५ घर भई हाल बीरगंज बस्दै आएका जयदेव साह र बीरगंज १२ बस्ने प्रदेशी साह रहेका छन् ा प्रहरी हिरासतमा रहेका ८ जनालाई जुवा ऐन मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको पर्साका प्रहरी नाउब उपरिक्षक चक्र मल्लले बताउनु भयो ा क्यासिनोमा जुवा खेली रहेको आरोपमा पक्राउ गरेका प्रदिप पौडेल ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रहेका प्रहरी निरीक्षक हुन् ा