पर्सा प्रहरीले ४० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–३ बस्ने ६० वर्षीय गौर लामाको घरमा खानतलासी गर्दा ड्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ४० किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा बरामद गरी लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।