पर्सामा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४, तुलसीबरुवा बस्ने ३५ वर्षीय राजकेवा भन्ने अखिलेश साह तेली रहेका छन्।
इलाका प्रहरी कार्यालय भिस्वाबाट खटिएको प्रहरी टोलीले तेलीलाई हिजो दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो। जबरजस्ती करणी मुद्दामा अदालतबाट कसुर ठहर भई १० वर्ष कैद सजाय तोकिएपछि उनी फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका तेलीलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको छ। उनलाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।