पर्सामा बाढीबाट पीडित तथा प्रभावित परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९प्याब्सन० पर्साले १५ लाख रुपैयाँ सहयोग गरेको छ। विपद्बाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले प्याब्सन पर्सामा आबद्ध ४० भन्दा बढी विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट स्वैच्छिक रूपमा उक्त रकम संकलन गरिएको हो।
विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीले आफ्नो इच्छाअनुसार स्वैच्छिक रूपमा प्रदान गरेको रकम संकलन गरी प्याब्सन पर्साले मधेश प्रदेश समितिमार्फत राहत कोषमा पठाउने व्यवस्था गरेको जनाएको छ। संकलित १५ लाख रुपैयाँ प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहलाई हस्तान्तरण गरिएको छ।
प्याब्सन पर्साले विपद्को समयमा पीडित तथा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएकाले विद्यालय परिवारको सहभागितामा राहत रकम संकलन गरिएको जनाएको छ। राहत संकलन अभियानमा सहभागी अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति प्याब्सन पर्साले धन्यवादसमेत व्यक्त गरेको छ।