जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा जेनजी पर्साले वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मीले जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले आन्दोलनका क्रममा युवाहरूमाथि गोली चलाउने तथा कार्की आयोगको छानबिन प्रतिवेदनमा दोषी देखिएकाहरूलाई तत्काल कारबाही गर्न माग गर्नुभयो।
कुर्मीले भ्रष्टाचार र कमिसनखोरीविरुद्ध, सामाजिक न्याय, सुशासन तथा परिवर्तनका पक्षमा आवाज उठाउने सबैलाई जेनजीको रूपमा एकजुट हुन आग्रह गर्नुभयो। देशको विकास र समृद्धिका लागि सबै युवा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी जेनजीका चन्दन महतोले पनि सबै युवा परिवर्तनको पक्षमा एकजुट हुनुपर्ने बताउँदै आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट आएका जेनजी युवाहरू, आन्दोलनका अगुवा तथा आन्दोलनकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। यसैगरी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा श्री भगवती युवा क्लबले वीरगञ्जस्थित शंखधर साख्वा पार्क ९चिल्ड्रेन पार्क० मा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।