पर्सा जिल्लाबाट तस्करीको शैली परिर्वतन भएको छ ा शैली परिवर्तन गरी तस्कर गिरोहका समुहहरुले तस्करी धन्दा फस्टाएको छन् ा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक पवन भटराई र सशस्त्र प्रहरी बल १३ नम्बर गण नेपालका गणपति मोहन क्षेत्रीले तस्करी नियन्त्रण गर्नका लागी प्रयास गरेपनि वहाँहरुको प्रयास बिफल भएको छ ा नेपाल र भारत सँग जोडिएको नाकाबाट दिउँसो तथा राती तस्करी मौलाएको एक तस्करले नाम नछाप्ने शर्तमा भने , पर्साका प्रहरी उपरिक्षक पवन भटराइ र सशस्त्र प्रहरी बल १३ का गणपति मोहन क्षेत्रले तस्करी नियन्त्रण गर्नका लागी आपना मातहात रहेका प्रहरी युनिटलाई आदेश दिएपनि उनीहरुको संरक्षणमा तस्करी फस्टाएको ती तस्करको दाबी रहेको छ ा भारतको रक्सौलबाट खरीद गरेर भरियाको माध्यमले तस्करका नाईकेले भन्सार चोरी पैठारी गरी भारतीय कपडा, कुर्ता सुरुवाल, सुटको कपडा, रजनीगन्धा, हार्डवेयर, काजु, बदाम , राँगा भैसी, कबाड लगायतका सामग्रीहरु सहज तरिकाले बीरगंज तर्फ प्रवेश गराईरहेका छन् ा ईनर्वा , नगवा, सिर्सिया, छपकैया , अर्लाे , अमरपटी प्रसौनी भटा, लगायत स्थानहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी संञ्चालनमा आएको हो ा डिउटीमा खटेका प्रत्येक प्रहरीलाई ५०० देखी २ हजार रुपैयामा तस्करहरुले दिने गरेका छन् ा साईकल वा मोटरसाईकलमा थोरै मात्रामा तस्करीको समान लोड गरी दिनभरी ८ वा १० पटक आवत जावत गर्दा तस्करहरुले आफनो लक्ष्य पुरा गरीरहेका छन् ा मोटरसाईकलको हेन्डिल र साईकल पछाडि बोरामा तस्करी समान लोड गरेर भन्सार छली गरी अबैध तरिकाले बीरगंजको बजारमा तस्करीको समाग्री भित्राएर बिभिन्न टा्रन्सपोर्टमा डिलेभरी दिने गरिएको छ ा अस्थाई प्रहरी चौकी नगवा , ईनर्वा , छपकैया , डाईपोर्ट लगायत क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको आशिवार्दले रातीको बखतमा तस्करीको धन्दा शुचारु भएको स्थानिय वासिन्दाको भनाई रहेको छ ा रातीको १ बजे देखी २ बजे सम्म प्रहरीले तस्करीको लाईन दिने गरेको स्थानिय वासिन्दाहरुले आरोप लगाएका छन् ा राती भरी मोटरसाईकल आवतजावत गरेको आवाज सुनिन्छ घरको छत वा क्ष्यालबाट हेर्दा तस्करहरुको मेला लागेको दृश्य हेर्ने पाएको बताउंदै मोटरसाईकल पछाडि ठुला ठुला सेतो बोराले बाँधेको समानहरु लोड गरेर लैजाने गरेको नगवाका एक वासिन्दाले बताए ा इनर्वाको बाटो प्रयोग गरेर भुटनदेबी हुदै नगवा भएर बसपार्क नजिकै उक्त तस्करीको समान जाने गरेको बुझनमा आएको छ ा