पर्सा प्रहरीले ७ ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा चेकजाँच गरेको थियो।
जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट म्ीज्ञद्द ऋी ज्ञढडद्ध को कार रोकी जाँच गर्ने क्रममा चालक बस्ने सिटको माथिल्लो भागमा प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
भारत बिहार, पूर्वी चम्पारण, रक्सौल पुरैनिया लोहडिया–५ निवासी ३१ वर्षीय दिनेश प्रसादलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद लागूऔषधका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।