वीरगञ्जको घण्टाघरदेखि मितेरी पुलसम्म राजमार्गको सडक सीमाभित्र रहेका संरचना हटाउने बाँकी काम एक साताभित्र सम्पन्न गर्ने लक्ष्यसहित डिभिजन सडक कार्यालय हेटौंडाले काम तीव्र पारेको छ।
सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको भए पनि केही स्थानमा बाँकी रहेका बैंक, पेट्रोल पम्प, भवन तथा अन्य संरचना हटाउने काम भइरहेको डिभिजन सडक कार्यालयका फोकल पर्सन तथा इन्जिनियर दुर्गाप्रसाद लेजनाले जानकारी दिनुभयो। उहाँका अनुसार घण्टाघरदेखि माइस्थान चोकसम्म सडक सीमाभित्र पर्ने केही भवन तथा संरचना पनि हटाइनेछ।
मितेरी पुलसम्मको सडक विस्तारसँग सम्बन्धित बाँकी काम आगामी सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालयले जनाएको छ। वीरगञ्जको मुख्य सडक विस्तारअन्तर्गत सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने काम अघि बढिरहेको छ।
यसैबीच, घण्टाघर क्षेत्रमा भने सडक विस्तारको विषयलाई लिएर विवाद देखिएको छ। नेपाल टेलिकमको स्वामित्वमा रहेको जग्गा तथा ऐतिहासिक भवनसमेत सडक सीमाभित्र परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाले संरचना हटाउन दाबी गरेपछि टेलिकमले आपत्ति जनाएको छ। टेलिकमले ऐतिहासिक भवन तथा आफ्नो स्वामित्वको संरचना संरक्षण गर्नुपर्ने भन्दै सडक विस्तारका क्रममा हटाउने विषयमा असहमति जनाएको हो।