वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले भारतबाट नेपाल भित्र्याइएका १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका ती स्कुटर आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
भारतबाट नेपालतर्फ ल्याइएका ती विद्युतीय स्कुटर विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका स्कुटरको बजार मूल्य करिब १३ लाख ६० हजार रुपैयाँ रहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आवश्यक भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएको आशंकामा ती विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको हो। बरामद स्कुटरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।