राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का परिषद् नेता तथा वीरगञ्जका पूर्व नगर प्रमुख प्रदीप सुवेदीले पार्टी परित्याग गर्नुभएको छ।
सुवेदीले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिनुभएको हो।
राजीनामा पत्रमा सुवेदीले पार्टी स्थापना कालदेखि नै पार्टीको वृद्धि, संगठन सुदृढीकरण तथा मुलुकको हितका लागि कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा आफूले जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको छ।
पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आउनुभएका सुवेदीले व्यक्तिगत निर्णयका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताउनुभएको छ।