बीरगंजका उधोगपति अनिल छपोलिया भारतीय नागरिक भएपनि उनका छोरा अनमोल छपोलिया नेपाली नागरिक कसरी बने अहिले बीरगंजमा ब्यापक चर्चाको बिषय भएको छ । अनिल छपोलियाले भारत बिहार पुवी चम्पारण रामनगर निवासी हुन् । अनिल छपोलियाकी श्रीमती रेखा देबी भारतिय नागरिक रहेको हामी संग प्रमाण सुरक्षित रहेको छ । अनिल छपोलिया र रेखा देबी छपोलियाको सुपुत्र अनमोल छपोलिया उर्फ साह बीरगंज महानगरपालिका जन्मको आधारबाट नेपाली नागरिता लिएका छन् । २०६४, ९, २० गते अनिल साह बुवाको नामबाट अनमोल साहले जन्मको आधारबाट नेपाली नागरिता लिइएको देखिएको छ । नेपाली नागरिता हेर्दा अनोमल साहको बुवा अनिल साह हुन् । अनिल साह भने ब्यतिm अनिल छपोलिया नै हुन् भने अहिले बीरगंजमा चर्चाको बिषय बनेको छ । अनिल छपोलियाले बढी चतुराई गरेर छपोलिया थर नदिई साह थर दिएर अनमोल साह नागरिता लिएको स्पष्ट देखिएको छ । ठगी मुद्दामा प्रहरी हिरासमा रहेका अनमोल साह उर्फ छपोलियाको नागरिता माथी छानबीन हुनुपर्ने हा्े । अनोमल साहले लिइएको नेपाली नागरिता लिंदा झुठो बिवरण पेश गरेर नागरिता हासिल गरेको अहिलेको प्रमाणहरुले देखिरहेको छ । स्थानिय प्रशासनले छानबीन गर्ने हो भने अनमोल साहको नागरिता काण्डमा नै अनिल छपोलिया पनि छानबीनको दायरामा आउने सोही वार्डका एक ब्यतिmले भने, जन्मको आधारमा नागरिता लिएक अनमोल साहको नागरितामा फोटो टांसिएको छ, उनी अनोमल छपोलिया हुन् छलंग भएको छ । बुवा अनिल साह को हुन्, कतां छन् प्रशासनले छानबीन गर्यो भने बुवा छोरा नै कानुनको अनुसन्धानमा पर्ने छन् । अनमोल साहको नागरिता छानबीन हुनुपर्ने बीरगजवासीहरुको भनाई रहेको छ । अनिल छपोलिया भारतीय नागरिक रहेको प्रमाण यस दैनिक सँग सुरक्षित रहेको छ । यस सम्बन्धमा अनिल छपोलियको मोबाईल ९८०२९४६७६७ नम्बरमा फोन गर्दा वहाँ फोन रिसिभ गर्नु भएन् ।