ममता माध्यमिक विद्यालय तथा कलेज, वीरगञ्जले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै ‘फ्रेसर्स एन्ड वेलकम’ कार्यक्रम सम्पन्न गरेको छ।
कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुका साथै उनीहरूलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
कलेजका प्रमुख नितक विश्वास प्रजापतिले विद्यार्थीको शैक्षिक यात्रालाई सहज, उत्साहपूर्ण र उपलब्धिमूलक बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले अध्ययनसँगै विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास तथा व्यक्तित्व विकासमा समेत कलेजले विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो।