पर्साको परसागढी नगरपालिका–५ स्थित मन्दिर परिसरमा पर्यटक तथा स्थानीयका लागि चौतारी पार्क निर्माण गरिएको छ।
डिभिजन वन कार्यालय पर्साको बजेटमा निर्माण गरिएको पार्कको आज एक कार्यक्रमबीच वन उपभोक्ता समितिका अध्यक्ष ले उद्घाटन गर्नुभएको हो।
मन्दिर परिसरमा निर्माण गरिएको पार्कले धार्मिक स्थलमा आउने श्रद्धालु तथा पर्यटकलाई विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ। पार्क निर्माणसँगै मन्दिर परिसरको सौन्दर्य बढ्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।