त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का युवा नेताहरूको टोली वीरगञ्जबाट रसुवा प्रस्थान गरेको छ।
रास्वपाका महाधिवेशन प्रतिनिधि सुधीर पटेलको नेतृत्वमा रहेको टोलीले वीरगञ्जमा ‘सहयोगी हात’ मार्फत संकलन गरिएको करिब १५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आज रसुवातर्फ प्रस्थान गरेको हो।
टोलीले रसुवाको होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गर्ने जनाएको छ। सम्भव भएसम्म बाढीबाट प्रभावित नागरिकको घरमै पुगेर राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने टोलीको तयारी छ।