राजस्व बृद्धी तथा तस्करी नियन्त्रण गर्ने जिम्मा लिइएका सशस्त्र प्रहरीको संरक्षणमा पर्सा जिल्लाबाट तस्करी मौलाएको छ ा घरेलु प्रयोजनका लागी भारतबाट खरीद गरेर नेपाल तर्फ ल्याएका सर्वसाधारण नागरिकहरुको सामग्रीहरु नियन्त्रणमा लिई भन्सार बुझाउने गरेका सशस्त्र प्रहरीको दोहोर चरित्र रहेको स्थानिय वासिन्दाहरुले आरोप लगाएका छन् ा सिमानाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलामतोमा रातीको बखतमा ब्यापक तस्करीको धन्दा फस्टाएको हो ा राज्यले तस्करी नियन्त्रण तथा राजस्व बुद्धी गर्नका लागी जिम्मा दिएका सशस्त्र प्रहरीको मुख्य दायित्व तस्करी नियन्त्रण तथा सिमा सुरक्षा गर्नु हो ा पर्सा जिल्लाको अधिकांश सिमा नाकाबाट तस्करहरुले भन्सार छली गरी बीरगंज तर्फ राती बखतमा भित्राउने गरेका छन् ा दिउँसो प्रहरी चौकी तथा बिओपीको संरक्षणमा तस्करहरुले तस्करीको शैली परिर्वतन गरी बीरगंजको मुख्य नाकाबाट तस्करीको सामान ल्याउने गरेका छन् ा साईकल वा मोटरसाईकलमा थौरे मात्रामा चिनी , प्याज , केराउ , काजु, ओखर, बदाम , दुधको पाउडर, चाईनीज लहसुन, स्याउ, बिषादी तरकारी काउली, परवर, गोलभेडा लगायतका सामानहरु बीरगंजको ईनर्वा गाउँ , भन्सार मुख्य नाका, सिर्सिया नाका छपकैया लगायतका स्थानहरुबाट दिनमा दश पटक ओहोर दोहोर गरेर आफनो लक्ष्य पुरा गरीरहेका छन् तस्कर समुहहरुले , पर्सा जिल्लाको प्रसौनीभटाबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलोमतोमा रातीको बखतमा भैसी तथा बाख्रा, रांगा भैसीको छालाको तस्करी भईरहेको छ ा भन्सार छली गरी एक पटकमा एउटा भैसी नेपाल तर्फ ल्याउने गरेको र राती भरी २० वटा भैसी भित्राउने गरेका छन् ा मृत्क जनावारको छाला टेम्पोबाट तस्करी प्रसौनीभटाबाट भईरहेको छ ा बीरगंजको खल्वा सिर्सीया टोलबाट रातीको बखतमा कपडाको तस्करी सञ्चालमा आएको छ ा नामुद तस्कर मन्जु पटेल र रामाककान्त भनिनेले सिर्सीया खल्वा टोलको रेल्वेलिकबाट राती बखतमा मोटरसाईकलमा लोड गरी भारतीय कपडाको तस्करी भईरहेको भरपर्दाे श्रोतको दाबी रहेको छ ा राती १२ बजे देखी भारतीय पक्षका तस्करहरुले महिला एसएसबी क्याम्पको बाटो प्रयोग गरी टाउकोमा पोका बनाई खोला कटाएर बीरगंज तर्फ दिने गरेका छन् ा बीरगंजका तस्कर मन्जु पटेल र रामाकान्तले पाँच वटा मोटरसाईकल प्रयोग गरी सिर्सीया टोल खल्वा रेल्वे लिकको बाटो प्रयोग गरी बीरगंजको बजंरग टा्रन्सपोर्ट , पशुपती टा्रन्सपोर्टमा डिलेभरी दिने गरेका छन् ा सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलोमतोमा पर्सा जिल्लाबाट तस्करी धन्दा सञ्चालनमा आएको हो ा ईनर्वा गाउँ र नगवा प्रहरी चौकीबाट रातीको बखतमा कमलेश तस्करको कपडाको तस्करी भईरहेको छ ा पर्साका प्रहरी उपरिक्षक पवन भटराईले तस्करी नियन्त्रण गर्नका लागी पटक पटक प्रहरी चौकीका जवान तथा ईन्चार्जहरुलाई कारवाही गरेपनि तस्करी भने रोकीएको छैन् ा तस्करी नियन्त्रणको जिम्मा लिएका सशस्त्र प्रहरीको यसतर्फ ध्यानजानुपर्नै हो ा