जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्।
भारत घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान भदौ २८ गते साँझदेखि सम्पर्कविहीन भएका थिए।
हराएका बालबालिकाको खोजी भइरहेको अवस्थामा सोही दिन राति करिब ८ बजे उनीहरू भारतको मोतिहारी जिल्ला, रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित रहेको जानकारी बालबालिकाका बुबा मुकेश पासवानले गराएका छन्।