बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गएराति करिब १० बजे कलैयाबाट गञ्ज भवानीपुरतर्फ जाँदै गरेको म।प्र।०३(०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ०५ एभी १६३६ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा भारतीय मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोडका ३५ वर्षीय साहेब देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनालगत्तै उपचारका लागि एलएस न्युरो अस्पताल पुर्याइएका देवानलाई चिकित्सकले राति १० बजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए।
दुर्घटनामा म।प्र।०३(०४४ प ०१२३ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–७ का ३५ वर्षीय बीके चौधरी गम्भीर घाइते भएका छन्। सोही मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय अन्जित चौधरी पनि घाइते भएका छन्।
घाइते दुवै जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।