पर्साको पोखरिया नगरपालिका–३ बसन्तपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ६९ हजार ५०० रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ को पहलमा जिल्ला मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन निर्माणका लागि उक्त सहयोग परियोजना स्वीकृत गर्ने निर्णय गरेको हो।
विद्यालय भवन निर्माणको उक्त परियोजना लायन्स क्लब पोखरियाका अध्यक्ष निजामुद्दिन समानीको पहल, समन्वय र सक्रियतामा अघि बढाइएको जनाइएको छ।
ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको हो। भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित तथा सहज वातावरणमा पठनपाठन गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा शैक्षिक पूर्वाधारको विकाससँगै ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले परियोजना कार्यान्वयन गर्न लागिएको हो।