स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
गत बुधबार साँझ वीरगञ्जको घण्टाघरबाट पावरहाउस चोकतर्फ जाँदै गरेको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा वीरगञ्ज महानगरपालिका–८ का शेखर गुजराती गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाइते गुजरातीको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।यसेगरी बाराको कलैया उपमहानगरपालिका–५ बालमन्दिरस्थित सडकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
गत शुक्रबार मोटरसाइकल र ई–रिक्सा एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१७ का २७ वर्षीय अमित पटेल गम्भीर घाइते भएका थिए।