पर्सा प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएको रु। ११ लाख २ हजार १ सय ४० बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ।
विशेष सूचनाको आधरमा वीरगञ्ज महानगरपालिका–१६, इनर्वागाउँस्थित क्षेत्रबाट भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा उक्त लत्ताकपडा नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद गरेका लत्ताकपडा आवश्यक कारबाहीका लागि भदौ २८ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बरामद सामानको कुल मूल्य रु। ११ लाख २ हजार १ सय ४० रहेको जानकारी दिए।