वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बाराका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष सागर पटेल रहेको जनाइएको छ। पटेलले वीरगञ्जका प्रकाश राउत, कान्छा पटेललगायत विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा विदेश पठाइदिने प्रलोभन देखाएर रकम लिएको आरोप लागेको छ।
पीडितका अनुसार पटेलले विदेश पुगेपछि मासिक एक लाख रुपैयाँसम्म कमाउन सकिने भन्दै विश्वास दिलाएका थिए। सोही विश्वासमा परी पीडितहरूले उनलाई विभिन्न समयमा ठूलो रकम बुझाएको बताएका छन्। तर रकम लिएपछि विदेश नपठाएको र आफूहरूसँग सम्पर्कसमेत नगरेको पीडितहरूको आरोप छ।
विदेश पठाउने प्रक्रिया अघि बढिसकेको देखाउन पटेलले भिसा, एनओसीलगायत विभिन्न कागजातसमेत तयार गरी पीडितहरूलाई देखाउने गरेको आरोप लागेको छ। तीमध्ये केही कागजात ऋजबतन्एत् लगायतका कृत्रिम बौद्धिकता ९एआई० प्रविधिको प्रयोग गरी तयार पारिएको दाबीसमेत पीडितहरूले गरेका छन्।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले पटेललाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले रकम लेनदेन, कागजातको वास्तविकता तथा वैदेशिक रोजगारीका नाममा भएको कारोबारलगायत विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।