मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमप्रकाश अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गर्नुभएको छ।
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि डीआईजी अधिकारीले पर्सा प्रहरी कार्यालयको पहिलो औपचारिक निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी परिचालनको अवस्थाबारे डीआईजी अधिकारीलाई जानकारी गराउनुभएको थियो।
डीआईजी अधिकारीले पर्साका ग्रामीण क्षेत्रमा रहेका विभिन्न प्रहरी चौकीहरूको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले ग्रामीण क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरीको भूमिका प्रभावकारी बनाउन निर्देशन दिनुभयो।
उहाँले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। नागरिकसँग समन्वय र सहकार्य गर्दै प्रहरी संगठनप्रति जनविश्वास बढाउने गरी जिम्मेवारी निर्वाह गर्नसमेत उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।