सशस्त्र प्रहरी गुल्म बीरगंज भन्सारमा कार्यरत रहेका प्रहरीहरुको मिलोमतोमा अन्डर सेटिंगमा कपडाको तस्करी भईरहेको छ । बीरगंज भन्सारको मुल गेट अगाडी खटेका सशस्त्र प्रहरीले ग्रिन सिग्नेल दिएपछि मात्र तस्करहरु टेम्पोको केही भाग त्रिपालले छोपी अन्डर सेंंिटग गरेर कुर्ता सुरुवाल, सुटिंग सर्ट साडी लगायतको तस्करी सञ्चालनमा ल्याएका छन् । टेम्पो त्रिपालले छोपर आउनु भनेको तस्कर र प्रहरी बीचको सिग्नेल हो । उक्त टेम्पो डिउटीमा खटेका सशस्त्र प्रहरीले चेकजा“च गरे जस्तो गर्छन् अनि टेम्पोको पछाडि हानेर जाउ“ भन्छन् त्यो भनेको तस्कर र प्रहरीको बिचको कोड भाषा हो । कैद गरिरहेको सिसी क्यामराबाट बच्नका लागी उक्त जुक्ति अपनाएका हुन् सशस्त्र प्रहरीले, सर्वसाधारणहरुको लागी कडा भएर प्रस्तुत हुने सशस्त्र प्रहरी तस्करहरुस“ग नरम ब्यवहार गर्ने गरेका छन् । बीरगंज भन्सार मुख्य नाकाबाट तस्कर तमान्ना, केदार लगायतलाई केही सशस्त्र प्रहरीले तस्करी लाईन दिएर तस्करी सञ्चालनमा ल्याएका छन् । बीरगंज भन्सार गुल्ममा कार्यरत रहेका सई गोबिन्द थापा हवल्दार जनक भट, हवल्दार सुधन केसी, चालक सहायक हवल्दार मिन बहादुर भुजेलले तस्करस“ग सांठगांठ गरी तस्कर तमान्ना, केदारलाई तस्करीको लाईन दिएको उनीहरु माथी आरोप लागेको छ । मुख्य नाकाबाट तमान्नाको दैनिक ३ वटा टेम्पोमा लुकाइ छिपाई भारतीय कपडा भन्सार छली गरी बीरगंजको बजारमा भित्रिने गरेको छ । भन्सार पछाडि ईनर्वा गाउ“को बाटोमा केदार, मुखिया, कमलेश, र पोके आईमाईहरुस“ग सई गोविन्द थापा, सहायक हवल्दारद्धय जनक भट, सुधन केसी र चालक भुजेलले तस्करहरु स“ग समुधुर सम्बन्ध बनाई रकम लिने गरेका छन् । बीरगंज भन्सार गुल्म सशस्त्र प्रहरीका डिएसपीको आ“खामा धुलो छाप्दै उनीहरुले तस्करी धन्दा सञ्चालनमा ल्याएका छन् । चार जनाले आफनो आफनो स्थानबाट तस्करहरुलाई सहयोग गर्ने गरेका छन् ा हवल्दारद्धय जनक भट, सुधन केसी डिउटी परेको बखतमा तस्करहरुलाई ग्रिन सिग्नेल दिने गरेका छन् । डिउटी गर्नुभन्दा आधा घण्टा अगाडी तस्करहरुलाई यिनीहरुले कसैको माध्यमबाट जानकारी गराउने गरेका छन् । मिन बहादुर भुजेलले पनि तस्करहरु स“ग सांठगा“ठ गरेका प्रहरी नै हुन् ा सई गोबिन्द थापा भन्सारको स्टोर किपर हुन् । अन्य डिउटीमा रहेका सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याएको सामान नियन्त्रणमा लिएपनि सई थापाले मोटो रकम लिई स्टोर किपरबाट कति पटक तस्करीको सामानहरु छाडेको उनी माथी गम्भिर आरोप लागेको छ । सई थापालाई हवल्दारद्धयले सर यसको सामान छाडिदिनु भनेपछि मात्र छाड्ने गरेका छन् । चारैजना सशस्त्र प्रहरीले आफनो आफनो स्थानबाट भुमिका निर्वाह गरी तमान्न, केदार, कमलेश, मुखिया, लगायत तस्करहरुलाई सहयोग गर्दै आईरहेका छन् । बीरगंज भन्सार सशस्त्र प्रहरी गुल्ममा डिएसपीको दरबन्दी भएपनि चारजना सशस्त्र प्रहरी भन्सार कार्यलय कब्जा गरेर बसेका छन् । २०७० साल देखी सहायक हवल्दार सुधन केसी पटक पटक सरुवा भएर जाने अनि आउने गरेका छन् । हवल्दार केसी जता गएपनि चार महिना वा पा“च महिनामा पुर्ण बीरगंज भन्सारमा हाजिर हुने गरेका छन् । एउटा ब्यतिm लामो समय सम्म एउटै स्थानमा बसेपछि आर्थिकको प्रलोभनमा पर्नेछ । सहायक हवल्दार जनक भट भन्सार आउनु भन्दा अगाडी १३ नम्बर गणको बिश्वासपात्र ब्यतिm हुन् । चारजना सशस्त्र प्रहरीलाई तस्करहरुस“ग समुधुर सम्बन्ध बनाउनमा सहयोग गर्ने ब्यतिm हुन् सहायक हवल्दार जय मंगल गुप्ता । हवल्दार गुप्ता बीरगंज भन्सारमा रहंदा उनले तस्करहरुस“ग सम्बन्ध रामा्रे बनाएको थिए । उनको कार्यकाल पुरा नहुदां नै १३ नम्बर गणपति मोहन क्षेत्रीले कारवाही स्वरुप उनलाई गण तानेका थिए । १३ नम्बर गणमा बसेर गुप्ताले तस्कर र बीरगंज भन्सार सशस्त्र प्रहरीको बीच सम्बन्ध बनाउनका लागी अहक भुमिका निर्वाह गरेको बुझनमा आएको छ । हवल्दार गुप्ताको ईशारामा बीरगंजको मुख्य नाकाबाट अन्डर सेटिंग तस्करी भईरहेको छ । गुप्ताको दरबन्दी ३९ नम्बर गण भएपनि एक वर्ष देखि आफनो दरबन्दी नगएर पर्सा जिल्लामा बस्दै आएका छन् । राजस्व बृद्धी गर्नका लागी जिम्मा लिएका सशस्त्र प्रहरी नै तस्करहरु स“ग सांठगाठ गरेपछि देशको राजस्व नै सखाप हुने समय लाग्दैन् । यस बिषयमा बीरगंज भन्सार गुल्म सशस्त्र प्रहरीका डिएसपी स“ग बुझन खोज्दा वहा“को फोन सम्र्पक हुन सकेन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३ ००:२४