जितिया पर्वको अवसरमा माछा पोखरीमा नुहाउने क्रममा बारा देवताल गाउँपालिका–६ जबकामा दुई बालिकाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब ५ः३५ बजेको समयमा देवताल गाउँपालिका–६ जबकास्थित रहेको राजेन्द्र कुर्मीको माछा पोखरीमा महिला तथा बालबालिकाहरू नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको बारा प्रहरी ले जनाएको छ ।मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाही बस्ने भोला पटेलकी करिब १४ वर्षीया छोरी निशा पटेल र सोही स्थानका राजेश पटेलकी करिब १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्।
प्रहरी आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा साँझ करिब ५ः५० बजे पोखरीको उत्तरतर्फको किनाराबाट करिब २० फिट दक्षिणतर्फ पानीमा डुबेको अवस्थामा दुवै बालिका मृत फेला परेका हून
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।