नेकपा एमालेका महासचिव शंकर पोखरेल आगामी बुधबार वीरगञ्ज आउनुहुने भएको छ।
विजया दशमीको शुभ अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ को आयोजनामा हुने शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न महासचिव पोखरेल वीरगञ्ज आउन लाग्नुभएको एमाले पर्साका अध्यक्ष डा। विश्वम्बरकुमार शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो।
पर्साको मैनपुर गाउँपालिका–२ मनिपुरमा बुधबार दिउँसो शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने एमाले नेता रुपेश पाण्डेले बताउनुभयो।
सोही क्रममा महासचिव पोखरेलले पार्टीको जागरण अभियानअन्तर्गत जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई समेत सम्बोधन गर्नुहुने जनाइएको छ।
पार्टीका पछिल्ला निर्णय कार्यान्वयन तथा स्थानीय निर्वाचनको तयारी एमाले पर्साले सुरु गरिसकेको जिल्ला पार्टी सचिव तथा संगठन विभाग प्रमुख महेश दासले जानकारी दिनुभएको छ।