वीरगञ्जमा आयोजित एक कार्यक्रममा डाक्टर दिनेश मरीक डोमलाई सम्मान गरिएको छ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रमपुरा निवासी डा। मरीक डोम समुदायबाट नेपालकै पहिलो डाक्टर बन्न सफल हुनुभएको जनाइएको छ।
सामाजिक रूपमा सीमान्तकृत तथा लामो समयदेखि जातीय विभेद र छुवाछुतको पीडा भोग्दै आएको डोम समुदायबाट डाक्टर बन्न सफल भएको भन्दै उहाँलाई सम्मान गरिएको हो।