बिगत सात महिना अगाडी बीरगंजमा एक युवतीको हत्याको हो कि, आत्महत्या गरिन् भने बिषयमा पुर्ण अनुसन्धान हुनुपर्ने बीरगंजमा चर्चाको बिषय भएको छ ा तत्तकालिन पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठकको प्रहरी टोलीबाट अनुसन्धानमा त्रुटि भएको भन्दै बिभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेपछि पुर्ण ती युवतीको हत्या हो कि, आत्महत्या भने बिषयमा पर्साका प्रहरी उपरिक्षक पवन भटराईको टोलीले अनुसन्धान गर्नुेपर्ने बीरगंजको बजार देखी चिया पसलहरुमा चर्चा भईरहेको छ ा बिगत चार महिना अगाडी बीरगंज आर्दशनगर स्थित रहेको त्रिशाला रेष्टुरेन्टमा कार्यरत रहेकी सुनिता स्याड्बोले पासो लगाई आत्महत्या गरेकी थिइन् ा त्रिशाला रेष्टुरेन्टमा कार्यरत रहेकी सुनिता स्याड्बोले २०८२ साल मंसिर २७ गते आत्महत्या गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीलाई घटनाबारे जानकारी भएपछि प्रहरी घटनास्थलमा पुगेर मृत्कको शव मुचुल्का गरी अनुसन्धानको घेरामा रहेका त्रिशाला रेष्टुरेन्टका सञ्चालक अनमोल साह उर्फ छपोलिया लगायत तीनजनालाई दुई वडा प्रहरी कार्यालयमा अनुसन्धान गर्दा तत्कालिन पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठकले जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाएर अनुसन्धान नगरी सुरेश रुगंटाको पहलमा हाजरी जमानतमा छाडेको हो ा बीरगंजका उधोगपति सुरुेश रुगंटा र प्रहरी उपरिक्षक सुदिप राज पाठकबीच समधुर सम्बन्ध रहेको प्रहरी बृतमा पहिला पनि चर्चा चलेको नै हो ा फिल्म शैलीमा सुनिता स्याड्बो फाईललाई पर्सा प्रहरीले अदालतमा पेश गरेको स्पष्ट देखिएको छ ा
फास्ट ट्रयाकमा फाईल किन पेश गरियो अदालतमा
अदालतमा सुरक्षित रहेका अन्य कागजात हेर्दा प्रहरीले हतारमा अनुसन्धान गरी मुद्दा अदालतमा पेस गरेको देखिन्छ। घटना भएको करिब चार महिनाभित्रै पर्सा जिल्ला अदालतबाट फैसला भएको तथ्यले समेत अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ।
मुद्दामा प्रतिवादीका रूपमा सिन्धुपाल्चोकका अविनाश भुजेललाई एक्लो प्रतिवादीका रूपमा प्रस्तुत गरिएको देखिन्छ। प्रहरीको मिसिलमा उनको मोबाइल नम्बरसमेत उल्लेख गरिएको छैन। उनी १९ वर्षीय युवक रहेको कागजातबाट देखिन्छ।
मृतक युवतीकी आफ्नै आमा र भाइ त्यस समयमा जीवित हुँदाहुँदै गाउँकै एक युवकलाई मृतकको भाइका रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ। छोरीको मृत्यु भएको केही समयपछि मृतककी आमाले समेत आत्महत्या गरेको देखिए पनि उक्त घटनालाई प्रहरीले अनुसन्धानको दायरामा नल्याएको आरोप छ।
मृतककी आमाको मृत्यु, जाहेरवाला भनिएका विकास स्याङ्बो केही दिनमै कोरिया पुगेको तथा प्रेमी भनिएका युवकसमेत सम्पर्कविहीन भएको विषयले घटनालाई थप रहस्यमय बनाएको छ।
प्रहरीबाट अनुसन्धानमा भएको त्रुटि
मृत्क सुनिता स्याड्बोले आत्महत्या गरेको स्थानबाट प्रहरीले सुसाइड नोट फेला पारेको थियो ा प्रहरीले फेला पारेको सुसाइड नोट फोरेन्सी ल्याबमा तत्कालिन प्रहरी प्रमुखले परीक्षणको लागी किन नपठाएको हो त ? प्रहरीले फेला पारेको सुसाइड नोट मृत्क सुनिताले नै आफनो हस्ताक्षरले लेखेको हो त ? अनुसन्धान हुनुपर्ने हो ा मृत्क सुनिताको कल डिटेल तथा समाजिक सञ्जाल व्हाटसप , भाईभर,इमो म्यासेज निकालेर प्रहरीले अहिले पनि अनुसन्धान गर्याे भने सुनिता स्याड्बोले आत्महत्या गरिन् हो कि , आत्महत्या गर्ने बाध्य बनाइएको अनुसन्धानबाट स्पष्ट खुलेन छ ा
मृत्क सुनिता स्याड्बो कोरिया जानेवाला थिइन्
त्रिशालामा कार्यरत रहेकी सुनिता स्याड्बो कोरिया जानका लागी कोरयिन भाषा पढ्ने गरेको त्रिशालामा कार्यरत रहेका एक कर्मचारीले भने, त्रिशालाका सञ्चालक अनमोल साह उर्फ छपोलियाले पनि सुनितालाई कोरियान भाषा सिक्नेका लागी रेष्टुरेन्टमा छुट दिईएका थिए ा दिउंसो अनलाई क्लास गर्ने गरेकी सुनिता स्याड्बोले कहिले काही ल्याबटप वा मोबाईल प्रयोग गरेर कोरयिन भाषा सिक्ने गरेको थिइन् ा कोरिया जानका लागी १४ लाख देखी १५ लाख सम्म रुपैया लाग्ने भएको हुनाले उनी दुखेसो कुरा गर्ने गरेको एक पुर्व त्रिशालाका कर्मचारीले भने, केही दिन पछि त्रिशालाका सञ्चालक अनमोल साह उर्फ छपोलिया सँग राम्रो सम्बन्ध भएपछि उनी कोरिया जाने लगभग तय गरेकी थिईन् ा हासी खुशी जिवन बिताईरहेकी सुनिताले एक्कासी आत्महत्या गर्नुको कारण के हो ा अनुसन्धान हुनुपर्ने ती कर्मचारीले भने, त्रिशालाका सञ्चालक अनमोल साह उर्फ छपोलिया सँग रामा्रे सम्बन्ध भने बिषयमा पुष्टि हुन सकेको छैन् ा
सुनितालाई आत्महत्या गर्ने बाध्यता बनाइएको
मृत्क सुनितालाई आत्महत्या गर्नेका लागी बाध्यता बनाइएको घटनाको परिस्थित िहेर्दा देखिरहेको छ ा
उनी सँग केही ठुलो दुर्घटना भएको होला त्यो दुर्धटना सहन नसकेर उनले आत्महत्या गरेको शंका उब्जिएको छ ा पर्साका प्रहरी पवन भटराईले उतm घटना पुर्ण अनुसन्धान गनुपर्ने जनमानसमा आवाज उठीरहेको छ ा